Skip to content
LAXMI SUNRISE BANK

बीमा कम्पनीका ऋणीहरुले पाउने भए ब्याजमा भारी छुट, बीमा समितिले दियो यस्तो निर्देशन…!

अर्थ सरोकार

'लकडाउन' अवधिभर सवारीसाधनको बीमा प्रिमियममा छुट दिन इन्स्योरेन्स कम्पनीहरुलाई बीमा समितिको निर्देशन !
  • अर्थ सरोकार सम्बादाता 
काठमाडौं । बीमा कम्पनीहरुबाट ऋण लिएका ऋणीहरुले ब्याजको १५ प्रतिशत छुट पाउने भएका छन् । बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै ऋणीलाई ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन बीमा कम्पनीहरुलाई  निर्देशन दिएको हो ।
समितिले भने बन्दाबन्दी सकिएको एक महिनाभित्रमा ऋण तिर्दा ब्याजको १५ प्रतिशत छुट दिने भएको हो । यो तत्कालै कार्यान्यनमा जाने बीमा समितिले जनाएको छ । बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले बिमितहरुलाई ऋण दिंदै आएका थिए ।
यता नेपाल राष्ट्र बैंकले पनि ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ । राष्ट्र बैंकले  चैतमा तिर्ने ऋणको किस्ता तथा ब्याज असार मसान्तमा तिरे पनि हुने व्यवस्था गरेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK