×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋण तिर्ने समय थप गर्न यातायात व्यवसायीको माग !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ऋण तिर्ने समय थप गर्न यातायात व्यवसायीको माग !

Artha Sarokar

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ऋण तिर्ने समय सीमा थप गर्न आग्रह गरेको छ । लकडाउनका कारण यातायात व्यवसायीहरूको आम्दानी नै गुमेका कारण अहिले ऋण तिर्न सक्ने अवस्था नरहेकोले समय सीमा थप गर्न महासंघले आग्रह गरेको हो ।
‘अहिलेको अवस्थामा हामी ऋण तिर्न सक्दैनौं, हामीलाई छुट गर्नु पर्छ पनि भनेका छैनौँ तर ऋण तिर्ने समय सीमा थप गर्नुपर्छ’ महासंघका महासचिव सरोज सिटौलाले भने । 
राष्ट्र बैङ्कले दुई प्रतिशत ब्याज सहुलियतले केही राहत महसुस भएको पनि उनले बताए । लकडाउन अवधिभरको बिमा प्रिमियम शुल्क छुट दिने बिमा समितिले निर्णय गरेको भन्दै उनले राष्ट्र बैंक तथा सरकारबाट पनि यस्तै अपेक्षा गरिएको उनले सुनाए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी