- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेको छ ।समितिको आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
यसबारे आजै बस्ने मन्त्रिपरिषद बैठकेल निर्णय गर्नेछ । सरकारले यसअघि जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो । तर पछिल्लो समय कोरोना संक्रमित व्यक्तिहरु बढ्दै गएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।