×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको ४३ औं दिन, सवारी सवारी साधनको भिड बढ्यो (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

लकडाउनको ४३ औं दिन, सवारी सवारी साधनको भिड बढ्यो (भिडियो रिपोर्ट)

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस (काभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ दिन सम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ । 
मंगलबार काठमाडौं उपत्यकाका केही भागमा पु ग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन् । एयरपोर्ट, कोटेस्वर, तिनकुने, बानेस्वर, माइतिघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो । तर सडकमा अत्यावस्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारीसाधनको चाप बढेको देखिन्छ । 
अत्यावस्यक र पासबाहक सवारी सवारी साधनको भिड बढ्दै गएको छ । प्रहरीले चेकजाँचलाई कडाई गरेसँगै सवारीसाधनहरुको लामो लाइन देख्न सकिन्छ । अनावश्यक रुपमा सञ्चालन गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै उपत्यकाका भित्रि सडकहरुमा पनि केही पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर दैनिक उपभोग्य सामग्रीहरु किनमेल गरेको देखिन्छ ।
सरकारले यही वैशाख २५ गते बिहीबार सम्म लकडाउनको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्ने र लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा छलफल गरी सरकारलाई सुझाव दिने बुझिएको छ । 
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ८२ पुगेको छ । यस्तै १६ जना निको भइसकेका छन । अहिले सम्म पीसीआर प्रविधिबाट १३ हजार ६ सय ४७ परीक्षण गरिएको छ भने ५० हजार ८ सय ४५ आरडिटी परीक्षण गरिएको छ । देशभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा रहेका छन भने १ सय ६ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: