
काठमाडौँ । महाराष्ट्रमा ३१ मेसम्म लकडाउन बढाइएको छ । महाराष्ट्र सरकारले राज्यमा कोरोना संक्रमणको गम्भीर अवस्था देखिएको भन्दै ३१ मेसम्म लकडाउन बढाउने घोषणा गरेको हो । केन्द्र सरकारले घोषणा गरेको लकडाउनको अवधि आइतबार सकिँदै छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडान जारी रहने बताए पनि कहिलेसम्म जारी रहन्छ भन्ने बताएका छैनन् ।
भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ । हालसम्म महाराष्ट्रमा ३० हजार ७०६ जना संक्रमित रहेका छन् भने एक हजार १३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा भने कोरोना संक्रमितको संख्या ९० हजार ९२७ रहेको छ भने मृत्यु हुनेको संख्या दुई हजार ८७२ पुगेको छ ।
हालसम्म भारतमा ३४ हजार १०९ जना संक्रमितको उपचारपछि निको भएको छ । यता नेपालमा पनि संक्रमितको संख्या बढेपछि आज लकडाउनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । -बीबीसी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्