
अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । लकडाउन बढाउने विषयमा निर्णय लिन आइतबार (आज) बस्ने मन्त्रिपरिषद् बैठक बस्दैछ । लडकडाउनबारे निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक डाकेका हुन् ।
विश्व महामारीबाट संक्रमणबाट एक महिलाको ज्यान जानुका साथै संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सरकारले जारी लकडाउन बढाउने सम्भावना रहेको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनको अवधि सोमबार सकिँदैछ।
यसअघि कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भए पनि लकडाउन थप्नुको विकल्प नरहेको निष्कर्षमा सरकार पुगेको समिति स्रोत बताउँछ। मन्त्रिपरिषद्को बैठक बस्नुअघि दिउँसो साढे २ बजे उच्चस्तरीय समन्वय समितिको बैठक पनि बोलाइएको ती स्रोतले बताए। समितिकै सुझावका आधारमा मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने बताइएको छ।
नेपालमा हालसम्म कोरोनाभाइरसबाट २९१ जना संक्रमित भइसकेका छन् । तीमध्ये एक महिलाको ज्यान गएको छ भने ३६ जनाले स्वास्थ्यलाभ गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्