×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’को ६०औं दिन : उपत्यकाबाट शुक्रबार दिउँसोसम्म ४ सय १६ सवारीसाधन नियन्त्रणमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘लकडाउन’को ६०औं दिन : उपत्यकाबाट शुक्रबार दिउँसोसम्म ४ सय १६ सवारीसाधन नियन्त्रणमा !

Artha Sarokar

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रहरीले काठमाडौं उपत्यकाबाट शुक्रबार दिउँसोसम्म लकडाउन उल्लंघन गर्ने ४ सय १६ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयले उक्त गाडी नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिइएकामध्ये ३८२ वटा दुई पाङ्ग्रे र ३४ वटा चार पाङ्ग्रे साधन छन् ।
शुक्रबार लकडाउनको ६० दिन पुगेको छ। गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउन पटक पटक थप गरी यही जेठ १५ सम्म कायम गरिएको छ। लकडाउन लम्बिँदै जाँदा जनजीवन प्रभावित बनेको छ । शुक्रबारसम्म देशभर ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये तीन जनाको मृत्यु भइसकेको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी