
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार बिहानै उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने २७ सय गाडीलाई नियन्त्रणमा लिइएको छ ।उपत्यकामा कोरोना भाइरस संक्रमणले जोखिम बढाइरहेका बेला लकडाउन उल्लंघन गर्दै चलेका २७ सय गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उपत्यकाका विभिन्न ठाउँबाट यी गाडीलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार लकडाउन उल्लङ्घन गर्नेमा दुई पाङग्रे गाडी धेरै छन् । लकडाउन उल्लंघन गर्दै विहानै सडकमा निस्किएका २६ सय वटा दुई पाङग्रे र एक सय वटा चार पाङग्रे गाडी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले लकडाउनलाई कडा पारेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्