×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुन: लकडाउन लम्ब्याउने उच्चस्तरीय समन्वय समितिको तयारी, निर्णय भोलि मन्त्रिपरिषद्ले गर्ने…

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउने संकेत गरेको छ । यद्यपि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो । तर, प्रधानमन्त्री त्यसमा सहमत नदेखिएको बताइएको छ । 
यस्तै समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने छ र भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ । बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठिक भएको निष्कर्ष निकालेको जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: