Skip to content
LAXMI SUNRISE BANK

कोरोना भाइरस : ‘लकडाउन’ दुई साता थप गर्ने भारतको निर्णय, नेपालमा के होला ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतले लकडाउनको अवधि दुई साता थप गरेको छ । यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिएको बताइएको छ । 
भारतमा गत मार्च २५ अर्थात चैत १२ देखि लकडाउन गरिएको थियो । कोरोना संक्रमणको हिसाबले ग्रीन जोन अथवा सुरक्षित ठाउँहरुमा भने लकडाउन केही खुकुलो बनाइने भारत सरकारले जनाएको छ। लकडाउनका बाबजुद् भारतमा कोरोना भाइरस संक्रमितको संख्या भने दिनदिनै बढिरहेको छ।
भारतमा अहिलेसम्म संक्रमितको संख्या झन्डै ४० हजार पुगेको छ । १ हजार ३ सय बढीको ज्यान गइसकेको छ । यता नेपालमा पनि  बैशाख २५ गरे लकडाउनको अवधि सकिँदैछ । नेपालमा पनि संक्रमितको संख्या बढ्ने क्रम जारी छ । यसरी संक्रमितको संख्या बढेमा नेपाल सरकारले पनि लकडाउनको अवधि थप्ने देखिन्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK