×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योग धन्दा खोल्न दिने निर्णय फिर्ता लिँदै सरकार, लकडाउन थप कडा गर्न प्रधानमन्त्रीको निर्देशन !

LAXMI SUNRISE BANK

उद्योग धन्दा खोल्न दिने निर्णय फिर्ता लिँदै सरकार, लकडाउन थप कडा गर्न प्रधानमन्त्रीको निर्देशन !

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले उद्योग धन्दा खोल्न दिने निर्णय फिर्तां लिने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या दैनिक जसो बढ्दै गएपछि सरकारले लकडाउनमा थप कडाई गर्ने भएको हो । 
भोलि (बुधबार)सम्म सरकारका तर्फबाट केही निर्णय आउने बताइएको छ । लकडाउन खुकुलो गर्दा अनियन्त्रित रुपमा बढ्ने खतरा देखिएका कारण उद्योग खोल्न दिने निर्णय फिर्ता हुनसक्ने बताइएको छ । प्रधानमन्त्री केपी ओली मंगलबारको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेल र सदस्य रहेका मन्त्रीहरुसँग रिसाएका थिए ।
मन्त्रिपरिषद बैठकले शुक्रबारदेखि ४४ प्रकारका उद्योग खोल्न अनुमति दिएको थियो । यस्तै सरकारी कार्यालयहरुमा एक तिहाई कर्मचारीलाई हाजिर गराइएको छ । सोही कारण काठमाडौँ उपत्यकाका सडकमा लकडाउनमा समेत ट्राफिक जाम भइरहेको छ । केहि दिन यता कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित व्यक्ति फेला परेका थिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी