Skip to content
LAXMI SUNRISE BANK

सुरक्षा निकायका प्रमुखहरुको सुझाब : ‘लक डाउन बढाउनुपर्छ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ४२ दिनदेखि जारी रहेको लकडाउन थप गर्न सरकारले तयारी अगाडि बढाएको छ। कोरोना संक्रमण तथा रोकथामको लागि सरकारले गठन गरेको उच्चस्तरीय समन्वय समितिको बैठक आज दिउँसो २ बजेको लागि बोलाइएको छ।
बैठकले सरकारलाई लकडाउन थप गर्ने र नयाँ मोटालिटीको बारेमा सिफारिस गर्नेछ। त्यस्तै, आइतवार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा, गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी प्रभुराम शर्मा लगायत उपस्थिति रहेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुको बैठकले लकडाउन बढाउनुपर्ने सुझाव दिएका थिए।
उनीहरुले देशका अन्य क्षेत्रमा लकडाउनल केही खुकुलो गरे पनि भारतसँग सीमा जोडिएका जिल्लामा तत्काल लकडाउन खुकुलो गर्न नहुने सुझाव दिएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए। सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको समेत सुझाव सुनेपछि गृहमन्त्री थापाले वैशाख २५ पछि पनि लकडाउन थपिने संकेत गरेका छन्।
गृहमन्त्रीलाई उद्धृत गर्दै एक उच्च अधिकरीले भने, लकडाउन वैशाख २५ पछि पनि थप्नुपर्ने अवस्था देखिएको छ। कोरोना संक्रमण कम देखिएका क्षेत्रमा लकडाउन केही खुकुलो गर्ने तयारी गरिएको छ। वैशाख २४ सम्म त्यसको मोडालिटी तयार हुन्छ। बैठकमा नेपालगञ्जमा पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिएको भन्दै सीमामा थप कडाई गर्ने निर्णय गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK