
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ४५ औं दिन । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको ४५ दिन अर्थात डेढ महिना पुगेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएपनि कोरोना भाइरस फैलन नदिन सरकारले लकडाउनलाई निरन्तरता दिदै आएको छ । बिहीबार सम्म लागू गरिएको लकडाउनलाई सरकारले बुधबार पुनः जेठ ५ गते सम्म लम्ब्याएको छ ।
लामो समयदेखिको लकडाउनका कारण जनजीवन प्रभावित भएपनि मानिसहरुले लकडाउनलाई पालना गरेका छन् । तर सडकमा केही अत्यावस्यक सेवा तथा कर्मचारीका सवारीसाधनहरु सञ्चालनमा आएका छन् । प्रहरीले लकडाउन पालना गराउन सवारीसाधनको चेकजाँचलाई कडाई गरेको छ ।
बिहीबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा प्रहरीले चेकजाँचलाई निरन्तरता दिएको पाइएको छ । प्रहरीले पास बिना सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिइ कारबाही गरेको छ । सहरका भित्रि सडकमा भने केही तरकारी एवं खाद्य पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिक रहेको पसल सम्म पुगेर दैनिक उपभोग गर्ने सामग्रीहरु किनमेल गरेको देख्न सकिन्छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्