- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लकडाउनको ४६ औं दिन उपत्यकामा सवारीको भिड बढ्दै गइरहेको छ । कोभिड-१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको ४६ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लक डाउनको ४६ औं दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरु खुलेका छन् ।
सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय गरेपछि केही भिडभाड बढेको छ । सडकमा समेत विगतका दिनभन्दा केही बाक्लो सवारी साधन चलेका छन् ।
तस्विरमा हेर्नुहोस् लकडाउनको ४६ औं दिन यस्तो छ काठमाडौँको अवस्था !