×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनको आज ५६ दिन, अत्यावस्यक बाहेकका सबै सेवा बन्द (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK

लकडाउनको आज ५६ दिन, अत्यावस्यक बाहेकका सबै सेवा बन्द (भिडियो रिपोर्ट)

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो । तर देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरी कडाई गरेको छ । सरकारले लकडाउनको समय अवधि फेरी १५ दिन थप गरी जेठ २० गते सम्म पुर्याएको छ । यस अघि तोकिए अनुसार आज (सोमबार) मध्यरात पछि लकडाउन सकिदै थियो । 
सोमबार काठमाडौं उपात्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवाका बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै मानिसहरुको आवागमन पनि न्यून छ । सडकका विभिन्न ठाउँमा नेपाली सेनाले समेत चेकजाँच गरेको छ । नेपाली सेनाको पोशाक दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले पनि चेकजाँच सुरु गरेको हो ।
उपत्यकाका मूख्य सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएपनि भित्रि सडकमा भने खासै सवारी साधनको आवागमन देखिदैन् । केही अत्यावस्यक खाद्य वस्तुका पसलहरु खुलेका छन । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर उपभोग्य सामग्री किनमेल गरेको देख्न सकिन्छ । हेर्नुहोस् भिडियो : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी