- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पुगेको छ । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको आज (बुधबार) ५८ दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ । बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनलाई पालना गरिएको पाइएको छ । मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ ।
सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन् । प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावस्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन् । यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ ।
उपत्यकाका भित्रि सडक छेउमा रहेका अत्यावस्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन् । लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ । हेर्नुहोस् भिडियो :