![](https://1.bp.blogspot.com/-f5Cj68yYFBk/XrVLyA1kMhI/AAAAAAABfxI/_rsZwlgQaY8_kf8-kYJSSke59pFVG_ANACLcBGAsYHQ/s1600/0.jpg)
काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले भीरकोट नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगरप्रमुख खनालले गरेको सहयोगदेखि सामाजिक दूरी कायम नगरी मल लिन बसेको किसानसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
भीरकोट नगरपालिकाका प्रशासकीय प्रमुख राजेन्द्रप्रसाद पौडेललाई शुक्रबार नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगरप्रमुख छायाराम खनालले राहतस्वरुप रु एक लाख ९१ हजार १५७ को चेक हस्तान्तरण गर्दै ।
![](https://1.bp.blogspot.com/-idN_hT_iwLs/XrVLyChDMdI/AAAAAAABfxA/NEsnSApvnDA5Ksad-OoUUEaNvYg6yI7JgCLcBGAsYHQ/s1600/1.jpg)
पोखराको फेवाताल किनारामा बकुल्ला प्रजातिको चराको जोडी । मंगोलियालगायत स्थानबाट चैतवैशाखका समयमा आउने यी चरा झण्डै तीनचार महिना बिताएर पुनः फर्कन्छन् ।
![](https://1.bp.blogspot.com/-mwVRizS1diY/XrVL0T9k8FI/AAAAAAABfxU/XZ016bP7X4Qz36R3D_0I5KjiT4WoY8R3wCLcBGAsYHQ/s1600/2.jpg)
कोभिड–१९ सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण समस्यामा परेका असङ्गठित क्षेत्रका मजदुर काठमाडौँको जोरपाटीस्थित नारायणटार युवा क्लबले सञ्चालन गरेको मेसमा खाना खाँदै । मेस भोलिदेखि बन्द गर्र्ने स्थानीय नगरपालिकाको निर्णयले मजदुर चिन्तित छन् ।
![](https://1.bp.blogspot.com/-IJ5WpxekdIU/XrVL07OkZXI/AAAAAAABfxY/fpiyqIFsA-ATA2psrhE8psonu45smYEywCLcBGAsYHQ/s1600/3.jpg)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल शुक्रबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको राहत वितरण कार्यक्रममा राहत वितरण गर्दै ।
![](https://1.bp.blogspot.com/-b8jvInzIbFg/XrVL1HAgQxI/AAAAAAABfxc/d9jmRRbN1Rso_l-t6CYY8tYQ-xq5NurUwCLcBGAsYHQ/s1600/4.jpg)
लकडाउनका कारण पैसा सकिएर समस्यामा परेका चिनियाँ पर्यटक प्लेकार्डसहित सिहंदरबार अगाडि आफ्नो देश फर्कन माग गर्दै ।
![](https://1.bp.blogspot.com/-cUbteM-z7Qo/XrVL1zIW0II/AAAAAAABfxg/fFP0PwTf1ZU5-wYTO-gfel5TO4BiUcS5QCLcBGAsYHQ/s1600/5.jpg)
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित सहकारीमा मल लिन लाइनमा बसेका किसान । कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले लागू गरेको लकडाउन अवधिमा कृषकले सामाजिक दूरी कायम गरेको देखिन्न।
![](https://1.bp.blogspot.com/-hX2uWMo_ykI/XrVL2ftvtLI/AAAAAAABfxk/C-g__RKsUB4HBJfIK7uALwaq7hieTYSNQCLcBGAsYHQ/s1600/6.jpg)
लकडाउन उल्लङ्घन गरी शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड सडकमा हिँडेका सर्वसाधारण । ![](https://1.bp.blogspot.com/-fVdNRzrNe5E/XrVL2wJluBI/AAAAAAABfxo/aJy9l0bPWvIwBAz-BbhfA4WHBqgrvhN9gCLcBGAsYHQ/s1600/7.jpg)
![](https://1.bp.blogspot.com/-fVdNRzrNe5E/XrVL2wJluBI/AAAAAAABfxo/aJy9l0bPWvIwBAz-BbhfA4WHBqgrvhN9gCLcBGAsYHQ/s1600/7.jpg)
बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको मल्लाज जोड्ने बेनी–मल्लाज सडक अन्तर्गत माइनडाँडाको उकालोमा सडक सुधारका लागि ढुङ्गा बिछ्याएर सोलिङ गरिँदै ।
![](https://1.bp.blogspot.com/-Pl_fqanQwbQ/XrVL3XXZRmI/AAAAAAABfxs/Bv8Lo0-Vf70Z-mwge2XhwwGNyjah6G23QCLcBGAsYHQ/s1600/8.jpg)
म्याग्दीको बेनी नगरपालिका–४ मा हरियाली ग्रुपद्वारा सञ्चालित कृषि फार्ममा पालिएका कालिजका चल्ला । यो फार्ममा ५०० वटा कालिजका चल्ला पालिएको छ ।
![](https://1.bp.blogspot.com/-nf3359FWaTw/XrVL3hHD65I/AAAAAAABfxw/iEB-epQ87_YOOC7FoDa2Ed5myGi0rh0GACLcBGAsYHQ/s1600/9.jpg)
कञ्चनपुरको जोनापुरका किसान मल्चिङ प्रविधिको प्रयोग गरी बारीमा लगाइएको तितेकरेलाको रेखदेख गर्दै । झारपात नआउने रोग, कीराको समस्या धेरै नहुने हुँदा कृषकले यो प्रविधिलाई अपनाउँदै आएका हुन् ।
![](https://1.bp.blogspot.com/-LP8iSqiBJJ4/XrVLyJ04JZI/AAAAAAABfxE/IM3yOQCFaXs6Hnf3m_foPOVCf0kMEKHLACLcBGAsYHQ/s1600/10.jpg)
जोनापुरका किसान बारीमा लगाएको खुर्सानीका बोटमा गोडमेल गरी मल राख्दै । बजारमा मूल्य राम्रो पाउन थालेपछि खुर्सानी खेतीतर्फ कृषक आकर्षित भएका छन् ।
![](https://1.bp.blogspot.com/-4JJB2pA21fE/XrVLzWyzIgI/AAAAAAABfxM/sHfWTSNKX0QOR3KCZMmqIJsxGrXqJruGwCLcBGAsYHQ/s1600/11.jpg)
साना किसान कृषि सहकारी संस्था मलेखु साङ्लामा तरकारी बिक्री गर्न ल्याउँदै कृषक । धादिङमा उत्पादित तरकारी सहकारीले सङ्कलन गरी काठमाडौँ, पोखरा, नारायणघाटलगायत सहरमा बिक्रीका लागि पठाउँछन् । लकडाउनका कारण उत्पादित सबै तरकारी नबिक्ने र बिके पनि राम्रो मूल्य नपाउँदा किसान मर्कामा छन् ।
![](https://1.bp.blogspot.com/-KSWOvhk8o8Y/XrVLzsn2tXI/AAAAAAABfxQ/Y7zGonE19bohzUltYDK7uPE2ROi_ZRJ-wCLcBGAsYHQ/s1600/12.jpg)
भेरी नगरपालिका –१ पिपेका ७३ वर्षीय वीरे र उहाँकी धर्मपत्नी ७१ वर्षीया जैमती बस्नेत यार्सन नेपालले वितरण गरेको राहत लिएर घरतर्फ जाँदै ।