चिप्लेढुङ्गा – पोखरा महानगरपालिकाका तीन वटा वडामा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न वर्गलाई लुम्बिनी विकास बैंकले करिव चार लाख रुपैयाँ बराबरको राहत वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै रू ५० हजार बराबरको खाद्य सामग्री वितरण गरेको लेकसाइड शाखाका प्रबन्धक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार यसअघि वडाको समन्वयमा महानगरपालिकाको वडा नं १५ रु एक लाख ५० हजार र वडा नं १७ मा रु दुई लाखको राहत वितरण गरिसकेको छ वडा नं ६ मा आज सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देल र पूर्वअध्यक्ष तथा संस्थापक सुशीलराल पराजुलीले राहत सामग्री वडाध्यक्ष जगतबहादुर पहारीलाई हस्तान्तरण गरे ।

बैंकका सञ्चालक सिग्देलले पोखरा महानगर (कास्की) बाहेक अन्य जिल्लाबाट पनि राहतको माग भइरहेकाले आवश्यकता हेरेर सामाजिक उत्तरदायित्व बहन गर्दै जाने बताए ।
देशका सातै प्रदेशका ६८ शाखा कार्यालयमार्फत आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र महानगरपालिकाका न्युरोड, महेन्द्रपुल, लेकसाइड, छोरेपाटन, रामबजार, लामाचौर, फूलबारी र राजाका चौतारामा गरेर आठ शाखा कार्यालय रहेको बैंक न्युरोडका प्रबन्धक प्रकाशचन्द्र पहारीले जानकारी दिए । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्