- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड ८९ लाख रुपैयाँले घटेर १२ करोड ४ लाख रुपैयाँमा सीमित भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
प्रकाशित विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क ३ करोड ९ लाख रुपैयाँले घटेर ४३ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ। गत अर्थिक वर्षको यहि अवधीमा इन्स्योरेन्सले ४६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बीमाशुल्क आर्जनमा समस्या भएको कम्पनीले जनाएको छ। सरकारले गत चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन भएपछि चैत महिनाको बीमाशुल्क संकलन नभएको बताइएको छ।
कम्पनीले पुनर्बीमा कमिशन बापत ११ करोड ४७ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पुँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड ९३ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड २५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।
यस अवधिमा इन्स्योरेन्सले एक लाख एक हजार ४१८ बीमालेख जारी गरी ८७ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीका १० हजार ५०९ बीमालेख नविकरण भएका छन्।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले ४ हजार २२१ दाबी बापत ५२ करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ८८० दाबी बापत ६६ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ। कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ३७ पैसा, प्रति सेयर नेटवर्थ १९० रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात २५.८० गुणा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्