×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापोखरीमा आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर रिपोर्ट कस्तो आयो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

माछापोखरीमा आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर रिपोर्ट कस्तो आयो ?

Artha Sarokar

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं बालाजुस्थित माछापोखरी क्षेत्रमा दुई दिनअघि गरिएको आरडीटी परीक्षणमा १५ जनाको रिपोर्ट पोजेटिभ आएपनि पीसीआर नतिजा भने नेगेटिभ आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले आज आएको रिपोर्टमा आरडीटीमा पोजेटिभ आएकाहरुको पीसीआरमा भने नेगेटिभ आएको बताए ।
रिपोर्टसँगै आफ्नो वडाका नागरिक आत्तिनु पर्ने अवस्था नदेखिएको उनले बताए । यद्यपि सबै सावधान हुँदै कोरोनाविरुद्धको लडाइमा एकताबद्ध हुन अनुरोध गरे । आइतवार माछापोखरी क्षेत्रमा १७२ जनाको पिसिआर र ४२० जनाको आरडिटी विधिद्वारा कोरोना परीक्षण गरिएको थियो । जसमा अहिले सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी