
- अर्थ सरोकार सम्बाददाता
गुल्मी । गुल्मीको मदाने गाउँपालिकाका एक पुरुषमा आज (सोमबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अवस्था ठीक नभएपछि उपचारका लागि जेठ १ गते रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भर्ना भएका मदाने– २ का ४१ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
ज्वरो र रुघाखोकीका कारण उपचारका लागि अस्पतालमा भर्ना भएका उनको कोरोना आशंकामा प्रदेश प्रयोगशालामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । उनको दुई दिनदेखि अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साले जानकारी दिए ।
तर स्वास्थ्यमा सुधार नआएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । यससँगै प्रदेश नं ५ मा कोरोना संक्रमितको संख्या १५९ पुगेको छ भने नेपालभर संक्रमितको संख्या ३५७ पुगेको छ । जसमा ३६ निको भएका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्