×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यपुर थिमीमा औषधि पसल विहान ९ बजेसम्म मात्र खोल्न पाइने, नगरपालिकाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

GLOBAL IME BANK

मध्यपुर थिमीमा औषधि पसल विहान ९ बजेसम्म मात्र खोल्न पाइने, नगरपालिकाले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले औषधि पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । बुधबार बसेको नगरस्तरीय बैठकले औषधि पसल, खाद्यान्न पसललगायत अत्यावश्यक वस्तुका पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।
नगरपालिकाले विज्ञप्ति जारि गर्दै अत्यावश्यकबाहेक अरु पसल भने अनिवार्य बन्द गर्नुपर्ने जनाएको छ ।मंगलबार एक युवतीमा कोरोना संक्रमण भएको पाइएपछि संक्रमण फैलिन नदिन भन्दै कडाइ गरिएको हो ।नगरपालिकाले नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक राजमार्गबाहेक अन्य मार्ग तथा बाटोमा आवागमन पूर्ण रुपले निषेध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै नगर क्षेत्रभित्र घर वा भाडामा बस्ने व्यक्ति उपत्यकाबाहिर गएको भए फर्की आउन नदिने र आएको भए परीक्षण गरेर मात्र प्रवेश गराउन घरधनीहरुलाई नगरपालिकाले सजग गराएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: