
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।गभर्नर अधिकारीले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको विवरण अनुसार गभर्नर अधिकारीको १० स्थानमा जग्गा रहेको छ । झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको सार्वजनिक गरिएको विवरण उल्लेख छ । कुनै ठाउँमा आफ्नो र कुनै ठाउँमा श्रीमती सरिता अधिकारीको नाममा जग्गा किनेर राखिएको देखिएको छ । उनको ललितपुरको सैँबुमा २२०० वर्गफिटमा बनेको घरसमेत रहेको छ ।
अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाको खातामा भने १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको र विभिन्न कम्पनीहरुको एक करोड ७ लाख रुपैयाँमा किनेको सेयर रहेकोसमेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् गभर्नर अधिकारीको सम्पत्ति विवरण :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्