×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली महाकली नदी तरेर नेपाल फर्किए

LAXMI SUNRISE BANK

लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली महाकली नदी तरेर नेपाल फर्किए

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका-५ का कृष्ण ओड रहेका छन् ।
नौगाड गाउँपालिकाका पाँच जना दत्तुनाका भएर ट्युबमार्फत नेपाल भित्रिएको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले बताए । उनीहरु ट्युबमार्फत नेपाल फर्किएका छन् । यस्तै महाकाली नगरपालिका-५ का ओड भने किम्तडीमै पौडी खेलेर फर्किएका छन् ।
लकडाउनका कारण काम बन्द भएपछि अहिले घर फर्किएको नौगाड-३ का वीरेन्द्र ठगुन्नाले बताए । ‘एक महिनादेखि काम बन्द भयो’, उनले भने, ‘नेपाल भारत झोलुङ्गे पुल खुलेको जानकारी नहुँदा अहिले महाकालीमा ट्युब तरेर आएका हौँ ।’ तीन दिन डिडिहाटबाट हिँडेरै धार्चुला पुगेको उनले बताए ।
नेपाल-भारत दुवै देशको सहमतिमा वैशाख १८ गते दार्चुलाका दुई नाका र बैतडीका एक नाकाबाट दुई हजार ६०० बढी नेपाली स्वदेश फर्किएका थिए तर अहिले पनि भारतको पिथौरागढलगायतका क्षेत्रमा काम गर्ने नेपाली महाकाली तरेर आउन रोकिएका छैनन् ।
उनीहरुले ट्युब तरेवापत प्रतिव्यक्ति रु एक हजार ६०० तिरेका छन् । बालुवाकोट पुग्नेबित्तिकै ट्युब चालकल प्रतिव्यक्ति एक हजार भारु मागेपछि सोही अनुसार नदी तरेर आएको स्थानीय दीपक ठगुन्नाले बताए । ‘ठेकेदारले पनि काम गरेको पूरै ज्याला दिएको छैन’, उनले भने, ‘लकडाउन खुलेपछि पुनः मजदुरी गर्न भारतमै जान्छौँ । गाउँमा रोजगारी पाइँदैन, त्यहाँ काम नगरे घरपरिवार कसरी पाल्नु ।’ उनीहरुलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी छ । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी