
- अर्थ सरोकार सम्बाददाता
महोत्तरी । महोत्तरीका जिल्ला समन्वय समिति अधिकारीसहित अन्य दुईजना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। महोत्तरीमा बिहीबार संक्रमण देखिएका १७ जनामा जिल्ला समन्वय अधिकारीमा कोरोना पुष्टि भएको हो । जिल्ला समन्वय समितिका अधिकारीसहित कार्यालयका एकजना खरिदार र उनको चालकमा कोरोना पुष्टि भएको बताइएको छ।
संक्रमण पुष्टि भएका जिसस अधिकारी र उनका चालक अहिले काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको आइसोलेसनमा रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन्। उनी जलेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा समेत छन्। यसैगरी संक्रमण देखिएको खरिदारलाई जिल्ला अस्पताल, जलेश्वरको आइसोलेसनमा राखिएको छ।
जेठ ९ मा स्वाब संकलन भएका तीनैजनाको कोरोना परीक्षण नतिजा बिहीबार आएको हो। जिल्ला समन्वय समिति तथा नगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका उनलाई कोरोना पोजिटिभ देखिएलगत्तै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए।
यता प्रदेश २ सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाका एकजना कर्मचारीकासाथै धनुषाको एक क्वारेन्टिनमा खटिएका एक स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको बताइएको छ। आपूर्ति महाशाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत एकजना महिला कर्मचारीमा संक्रमण पुष्टि भएको बताइएको छ । यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित क्वारेन्टिनमा खटिएका एकजनामा स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।उनीहरुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्