
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काठमाडौंको मैतीदेवीमा एकजनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण पुष्टि भएसँगै ती युवालाई पाटन अस्पताल लगिएको छ। काठमाडौंको मैतीदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ।
काठमाडौंको मैतीदेवीमा डेरा गरी बस्ने एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल गरिएको छ । मैतीदेवी प्रहरी बिटका अनुसार मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ। १०–१२ वटा घर पूर्णरुपमा सिल गरिएको प्रहरीले जनाएको छ।
रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा बस्दै आएका उनलाई पाटन अस्पताल लगिएको छ। सँगै बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण देखिएको हो। भाइलाई भने घरमै क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ। संक्रमित युवक रामेछापबाट वैशाख ३० गते काठमाडौं आएको खुलेकाे छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संक्रमितको घर भएको क्षेत्रलाई पनि सिल गरिएको जानकारी दिइन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्