×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश-२ र बागमती प्रदेशको सिमा नाकामा चेकजाँच कडाई, अत्यावश्यक गाडीलाई मात्र प्रवेश दिइने

GLOBAL IME BANK

प्रदेश-२ र बागमती प्रदेशको सिमा नाकामा चेकजाँच कडाई, अत्यावश्यक गाडीलाई मात्र प्रवेश दिइने

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सम्बाददाता
काठमाडौं । प्रदेश-२ र बागमती प्रदेश आउ-जाउ गर्ने प्रमुख नाका मकवानपुरको चुरियामाइ क्षेत्रमा चेक जाँच कडा बनाइएको छ । नाका सुरक्षाकर्मीहरु राखेर अत्यावश्यक सेवाका गाडीहरुलाई मात्र प्रवेश गर्न दिइएको छ ।
मकवानपुरका एसपी सुशील सिंह राठौरले प्रदेश २ मा कोरोना संक्रमित व्यक्तिहरु धेरै भेटिएकाले निगरानी जाँच कडा पारिएको बताए । ‘मकवानपुर प्रदेश दुईसँग जोडिएको छ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढ्यो । त्यसकारण चेकजाँचलाई कडा गराएका छौं ।’
एसपी राठौरका अनुसार बिरामीहरु, बिरामी बोकेका एम्बुलेन्सहरु, अत्यावश्यक वस्तु र सेवाका गाडीहरुलाई मात्र सीमा नाका आउन दिइएको र अरुलाई फर्काउने गरिएको छ । मकवानपुरको हेटौंडा बागमती प्रदेशको राजधानीसमेत हो । यसअघि स्थानीय प्रशासनले बुधबादेखि पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडा भित्रने सवारी साधन र मानिस दुवैलाई रोक लगाउने निर्णय गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: