×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनमा अनावश्यक हिँडडुल बढेपछि मकवानपुरको दक्षिणी सीमा नाकामा कडाइ

GLOBAL IME BANK
SHREE KESH

लकडाउनमा अनावश्यक हिँडडुल बढेपछि मकवानपुरको दक्षिणी सीमा नाकामा कडाइ

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मकवानपुर

हेटौंडा – सीमा जोडिएका दक्षिणी क्षेत्रका जिल्लामा कोरोना संक्रमण देखिएसँगै मकवानपुरका सीमा नाकामा कडाइ गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दक्षिण नाकाबाट वागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने सवारी साधन रोक्न थालेको छ ।
दक्षिणी सीमा क्षेत्रबाट आउने साना ठूला सवारी साधन र मानिसको आवागमन रोक्ने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए । उनका अनुसार अत्यावश्यकबाहेक अन्य सवारी साधन मंगलबारदेखि हेटौंडा प्रवेशमा रोक लगाइएको छ । खाद्यान्न बोकेका र एम्बुलेन्सबाहेकका सवारी साधन प्रशासनको स्वीकृति विना चल्न नदिने प्रजिअ नेपालले बताए ।
लकडाउनको समयमा पनि हेटौंडामा मानिसहरुको आवागमन बढेपछि प्रशासनले कडाइ गर्न थालेको छ । किनमेलका लागि विहानको समय तोके पनि मौका छोपी अनावश्यक हिँडडुल बढेपछि प्रशासनले कडाई गर्ने रणनीति लिएको हो ।
बजार क्षेत्रमा विना काम खाली हात हेटौंडा बजार डुल्नेलाई कारवाही गरिने प्रजिअ नेपालले बताए । यता प्रहरीले हेटौंडा उपमहानगरपालिका– १५ रातोमाटे नाकामा सबै सवारी साधन रोक्न सुरु गरेको छ ।
काठमाडौं प्रवेशका लागि गृह मन्त्रालयको पास बिना आएका सबै सवारी साधन रोक्न निर्देशन आएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुशुवाहले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: