×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्जुश्री फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३२२.४७ प्रतिशतले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मन्जुश्री फाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३२२.४७ प्रतिशतले वृद्धि

Artha Sarokar

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मन्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार फाइनान्सले अधिकांश सूचकमा आकर्षक प्रगति गरको छ । यो चैत मसान्त सम्ममा फाइनान्सले १९ करोड ३२ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२२.४७% ले बढी हो । गत वर्ष यस संस्थाले ४ करोड ५७ लाख ३७ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यस्तै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५३.९१% र १८७.८४% ले वृद्धि भएको छ । गत वर्ष १८ करोड ९१ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो त्रैमासमा बढाएर २९ करोड ११ लाख ५५ हजार पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ५ करोड ६५ लाख रुपैयाँबाट बढाएर १६ करोड २७ लाख पुर्याउन सफल भएको छ । हाल मन्जुश्रीको चुक्ता पुँजी ८१ करोड ८१ लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ७२ लाख रुपैयाँ छ ।
यो तेश्रो त्रैमाससम्ममा ५ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यता, कम्पनीको खराब कर्जा भने २.९६% बाट बढेर ३.४३% पुगेको छ । मन्जुश्रीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ०८ पैसा छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी