
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसिरहेका छन् । मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार रहेकी एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।
आफूले भेटेका ती बिरामीमा कोरोन पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल गत शुक्रबारबाट होम क्वारेन्टाइनमा रहेको उनका प्रमुख स्वकिय सचिव समेत रहेका मन्त्रालयका उपसचिव लीलाराज पौडेलले बताए। मन्त्री ढकाल आफन्त पर्ने ती बिरामीलाई भेट्न उनमा कोरोना पुष्टि हुनु दुईदिनअघि गएका थिए ‘बिरामीलाई भेट्दा पीपीई लगाउनुभएको थियो । तर पनि बिरामीलाई पोजेटिभ देखिएपछि उच्च सतर्कता अपनाउँदै मन्त्रीज्यू होम क्वारेन्टानइमा बसिरहनु भएको छु, उनले भने, यसअघि उहाँमा गरिएको परीक्षणमा पनि कोरोना नेगेटिभ आएको थियो ।
होम क्वारेन्टाइनमा रहेका कारण सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल अनुपस्थित थिए । मन्त्री ढकाल विहीबारदेखि मन्त्रालय पनि आएका छैनन् । यसअघि कोभिड-१९ संक्रमण सुरु भएपछि शनिबार पनि मन्त्री ढकाल मन्त्रालय आउने गरेका थिए । ५ दिनदेखि होम क्वारेन्टाइनमा बसेका मन्त्री ढकालको स्वाब (मंगलबार) आज बिहान स्वाब संकलन गरिएको छ। यसको ल्याब रिपोर्ट पनि आजै आउने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्