- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको र संक्रमितको संख्या दिनदिनै बढेको अवस्थामा भावी रणनीति तय गर्न मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।
उच्चस्तरीय समन्वयन समितिको बैठकले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले कम्तिमा दुई हप्ता लक डाउन थप्ने गर्ने बताइएको छ । सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो ।