
मस्को । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको मंगलबार घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले विज्ञहरुको भनाईमा रसियामा कोरोनाभाइरस संक्रमणले उच्चतम विन्दु पार गरेको बताएको रसियाली रक्षामन्त्री सर्गेइ सोइगुले जानकारी दिएका छन् ।
रसियाली स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार रसियामा कोरोना संक्रमितको संख्या तीन लाख ६२ हजारभन्दा बढी छ भने तीन हजार ८०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ । विश्वभर कोरोना संक्रमितको संख्या ५७ लाख नाघेको छ भने मृत्यु भएका व्यक्तिहरुको संख्या पनि तीन लाख ५० हजारभन्दा बढी भइसकेको छ । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्