Skip to content
LAXMI SUNRISE BANK

‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजियो’ : नेता रावल (भिडियो रिपोर्ट)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताउनुभएको हो । 

एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापतिले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धीसँग जोड्नुभयो । उहाँले भन्नुभयो, ‘‘एमसीसी पछाडीको ढोकाबाट आउन खोजेजस्तो अनुभूत भइरहेको छ । नेपाली कांग्रेसका नेताले भन्नुभयो छिटो पारित गर्नुपर्छ भनेर । उहाँले महाकाली सन्धीमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । १०—१० वर्षमा महाकाली सन्धीको पुनरावलोकन हुने भन्ने थियो । न त्यसको पुनरावलोकन भएको छ, न कार्यान्वयन भयो । मैले आशा गर्छु नीति तथा कार्यक्रममा उल्लेख भएका विषय एमसीसी अन्तर्गत हुनेछैनन् । यदि भयो भने त्यो राष्ट्रहित विपरित हुनेछ । जनताले आवाज उठाउँदै आएको कुराको विपरित हुनेछ ।’’
नेता रावलले अन्तरदेशिय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानूनमै नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको बताउनुभयो । उहाँले जनतालाई दुविधामा पार्ने र आलोचित विषयहरु सरकारले अगाडी नबढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
रावलले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो । विश्वमहामारीबाट जोखिनुपर्ने अवस्थामा राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सुक्षातर्फ त्यतीकै गम्भिर भएर लाग्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताउनुभएको छ । नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी लागयतका अतिक्रमित भूमिका विषयमा नीति तथा कार्यक्रममा उल्लेख हुनु सकारात्मक भएपनि सार्थक र परिणाममूखि वार्ता गरेर उच्च स्तरबाटै समाधान खोज्नुपर्ने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK