×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भद्रपुरमा कोभिड विशेष अस्पताल र पीसीआर प्रयोगशाला अस्पताल निर्माण हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भद्रपुरमा कोभिड विशेष अस्पताल र पीसीआर प्रयोगशाला अस्पताल निर्माण हुने

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
झापा । भद्रपुरमा रहेको मेची अञ्चल अस्पतालको नयाँ भवनमा प्रदेश १ सरकारको सहयोगमा १ सय शय्याको कोभिड विशेष अस्पताल निर्माण हुने भएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, अनुगमन तथा समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले अस्पतालको नयाँ भवनमा छुट्टै कोभिड अस्पताल र नजिकै रहेको स्वास्थ्य कार्यालयको तालिम केन्द्रमा पीसीआर प्रयोगशाला राख्ने निर्णय भएको बताउनुभयो ।
झापामा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३३ जना कचनकवल गाउँपालिकाका छन् । बाह्रदशी र दमकका एक–एक जना निको भएर घर फर्किसकेका छन् भने झापा गाउँपालिकाका एक सङ्क्रमित थपिएका छन् । पूर्वीनाका काँकडभिट्टालगायतका सीमावर्ती क्षेत्रबाट सयौँ नेपाली घर फर्कन थालेपछि उनीहरुको कोभिड परीक्षणका लागि झापामै पीसीआर प्रयोगशाला र कोभिड अस्पताल निर्माण हुनुपर्ने जरुरी देखिएको थियो ।
कोभिड विशेष अस्पताल बनाउने भनिएको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको हुँदा त्यसलाई पूरा गर्न केही बजेट आवश्यक पर्ने प्रदेशसभा सदस्य वसन्त बानियाँले बताउनुभयो । अहिलेलाई तत्कालीन जनस्वास्थ्य कार्यालयको तालिम केन्द्र खाली र पूर्वाधारयुक्त भएको हुँदा पीसीआर प्रयोगशाला मेसिन आउनासाथ सञ्चालनमा ल्याउन सकिने अवस्था छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी