×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन शुरु भएपछि करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात

LAXMI SUNRISE BANK

लकडाउन शुरु भएपछि करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब ६९ करोड ५४ लाख ४८ हजार रूपैयाँ बराबरको तयारी औषधि र ३४ करोड १९ लाख ७८ हजार रूपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । 
मन्त्रालयको तथ्यांकानुसार एक लाख २३ हजार ६ सय २७ मेट्रिक टन खाद्यान्न, ३५ हजार १ सय ३१ मेट्रिक टन दलहन, ५२ हजार ४ सय ७९ मेट्रिक टन तरकारी, १६ हजार ८ सय ६२ मेट्रिक टन फलफूल र ११ हजार ५९ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ । लकडाउनपछि खाद्य पदार्थको आयात बढेको छ ।
पहिलो हप्ताको तुलनामा पाँचौ हप्तामा खाद्यान्नमा एक सय ३६ प्रतिशत र दलहन तथा गेडागुडीको आयातमा ८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ३९ र ३१६ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा औषधिको कच्चा पदार्थको आयात १ सय १८ र तयारी औषधिमा ५१ प्रतिशतले वृद्धि भएको छ ।
भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेका कारण गत चैत २७ गतेपछि झापाको काँकडभिट्टा नाकाबाट सामान आयातनिर्यात ठप्प भएको छ ।

भित्रिए ७ सय ट्रक
बन्दाबन्दीमा वीरगञ्ज एकीकृत जाँचचौकीबाट २ सय ५६ ट्रक भित्रिएको, २ सय ४७ ट्रक बाहिरिएको र ७ सय १७ ट्रक रोकिएका छन् । त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १ सय ८० ट्रक भित्रिएको, १ सय १२ ट्रक बाहिरिएको र दुई हजार ९ सय ४६ ट्रक रोकिएका छन् । भैरहवा नाकाबाट ७९ ट्रक भित्रिएको, १ सय ३६ ट्रक बाहिरिएको र २४९ ट्रक रोकिएका छन् ।
विराटनगर एकीकृत जाचँचौकीमा १ सय ४६ ट्रक भित्रिएको, १ सय ५ ट्रक बाहिरिएको र १ सय ५४ ट्रक उतै रोकिएका छन् । विराटनगर सुख्खा बन्दरगाहमा चार ट्रक र काँकरभिट्टा नाकामा २३ गरी २७ ट्रक रोकिएका छन् । रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी