- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । कोरोना रोकथामका लागि भइरहेका प्रयास र लकडाउनको अवस्थाबारे छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक लागेको हो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा २ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा कोरोना रोकथामका लागि भइरहेका प्रयास, लकडाउनको प्रभावकारितासँगै विदेशबाट फर्किन चाहनेहरूका विषयमा समेत छलफल हुने बताइएको छ ।