- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेकपाको सचिवालय समितिको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
बिहीबार बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठकबारे छलफल हुने बताइएको छ । यसअघि वैशाख २० गते बसेको बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको एजेण्डाबारे छलफल गर्न बुधबार नेकपा सचिवालयको बैठक बसेको हो ।