Skip to content
LAXMI SUNRISE BANK

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र चर्केको किचलो हिजो बसेको सचिवालय बैठकबाट साम्य भएको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले आत्मालोचना गर्दै पार्टीभित्रको जटिल अवस्थालाई सामान्यीकरण गरेका हुन्। त्यसलगत्तै, आज बस्न लागेको मन्त्रिपरिषद बैठकलाई विशेष रुपमा हेरिएको छ।
यसअघि १४ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २५ गतेसम्म लकडाउनको समायावधी बढाएको थियो। आजको बैठकमा कोरोना भाइरस संक्रमण र लकडाउनका विषयमा छलफल हुने बताइएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK