
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौंमा पानी ल्याउने घोषणा गरेको छ ।शुक्रवारको संसद बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छिट्टै खानेपानी काठमाडौं पुर्याउने गरी कार्यान्वयनलाई तीब्रता दिइएको बताएकी छन् ।
‘सरकारले मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौंमा पानी ल्याउने गरी कार्यान्वयनलाई तीब्रता दिइएको छ,’ सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिनेछ ।’
यस्तै सरकारले काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने भएको छ भने बन्द रहेका सरकारी स्वामित्वका उद्योगलाई पुन: सञ्चालनमा ल्याउने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्