×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

Q3 Report : मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो, अन्य सूचकको कस्तो छ अवस्था ? (विवरणसहित)

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १४.३१% कम हो । गत वर्ष यस कम्पनीले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता, संस्थाका खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन नाफा घटेको छ । बैंकको खुद ब्याज आम्दानी भने २१.७१% ले बढेर ३१ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले २५ करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । कम्पनीले सञ्चालन नाफा भने १७ करोड ५७ लाख रुपैयाँबाट घटेर १२ करोड १५ लाख रुपैयाँमा झरेको छ ।
 हाल यसको चुक्ता पुँजी ८५ करोड ५१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २४ करोड ५२ लाख रुपैयाँ छ । मेरोको खराब कर्जा भने घटेको छ । गत वर्ष २.०५% रहेको यसको खराब कर्जा यो त्रैमासमा घटेर १.९०% कायम भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९४ पैसा (वार्षिक) रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १३३ रुपैयाँ ३६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: