
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिकसत्रका लागि अहिले नै भर्ना नलिन आग्रह गरेको छ । मन्त्रालयका सहसचिव दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भर्नाका नाममा कुनै पनि शुल्क नलिन पनि शिक्षणसंस्थाहरुलाई निर्देशन दिइएको छ ।
कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको र लकडाउनसमेत खुकुलो नभएका कारण भर्ना अभियान र नयाँ भर्ना लिने अवस्था नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ। मन्त्रालयले अर्को सूचना जारी नहुन्जेल नयाँ भर्ना नलिन पनि विज्ञप्तिमार्फत आग्रह गरेको छ।
‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नू, भर्नाका नाममा कुनै पनि शुल्क लिने वा अनलाइन पठनपाठनका नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउनेजस्ता कार्यहरू नगर्नू, नगराउनु हुन सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्