
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारत सरकारले कोरोना भाइरस परीक्षण गर्ने ३० हजार पीसीआर टेस्ट किट आइतबार नेपाल सरकारलाई उपलब्ध गराएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त पीसीआर टेस्ट किट उपलब्ध गराउनु भएको हो ।
माई ल्याबले उत्पादन गरेको उक्त परीक्षण किट प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किट रहेको छ । पीसीआर किट बुझ्दै मन्त्री ढकालले आफैपनि अप्ठेरो परिस्थितिमा रहेको बेलामा समेत सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरस विरुद्धको लडाईमा भारतले सहयोग गरिरहेको सम्झदै अन्य औषधि जन्य वस्तुहरुको सहज आपूर्ति व्यवस्था मिलाउन समेत राजदूत क्वात्रालाई आग्रह गर्नुभयो ।
भारतले गत वैशाख १० गते कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग हुने २३ टन स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्