×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्य मन्त्रालयको टोली सिन्धुपाल्चोक जाँदै, मृतक महिलाको सम्पर्कमा आएकाहरुको परिक्षण गरिने

LAXMI SUNRISE BANK

स्वास्थ्य मन्त्रालयको टोली सिन्धुपाल्चोक जाँदै, मृतक महिलाको सम्पर्कमा आएकाहरुको परिक्षण गरिने

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली आज सिन्धुपाल्चोकको बाह्रबिसे जाने भएको छ । नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि त्यसको अनुसन्धान गर्न मन्त्रालयको टोली त्यहाँ जान लागेको हो । सो टोलीले महिलाको घर, माइती, वरपरका बजार र उनको सम्पर्कमा आएका व्यक्तिहरुको सम्भावित जोखिम आँकलन गर्नेछ ।
सिन्धुपाल्चोकको बाह्रबिसे–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । आफ्नो निर्वाचन क्षेत्रकी महिलाको कोरोनाबाट मृत्यु भएको जानकारी पाएलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी स्वास्थ्य विज्ञहरुको टोली पठाउन आग्रह गरेका थिए । 
सभामुख र स्वास्थ्य मन्त्रीबीच मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा. गुणराज लोहनी नेतृत्वको टोलीलाई सिन्धुपाल्चोक पठाउने कुराकानी भएको थियो । स्वास्थ्य मन्त्रालयको मन्त्रालयको टोलीसँगै बागमती प्रदेश सरकारको र्‍यापिड एक्सन फोर्सको टोली पनि सिन्धुपाल्चोक जाँदै छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी