×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित फेला परेनन्’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

PRIME CA
GLOBAL IME BANK

‘पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित फेला परेनन्’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म साढे ६८ हजारको कोरोना परीक्षण गरिएको जनाएको छ । यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ५४ हजार ९३ र पिसिआर विधिमार्फत १४ हजार ५ सय ९ गरी कुल परीक्षणको संख्या ६८ हजार ६ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । 
पछिल्लो २४ घण्टामा मात्र १ हजार ४ सय ५१ वटा परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. विकास देवकोटाले बताए । उक्त नमुना परीक्षण गर्दा कोरोनाका नयाँ संक्रमित फेला नपरेको पनि उनले बताए । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ वटा परीक्षण गरिएको छ । प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८, बागमती प्रदेशमा ९ हजार ४४, गण्डकी प्रदेशमा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३ र कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ वटा परीक्षण गरिएको छ । 
यस्तै क्वारेन्टाइनमा बस्नेहरूको संख्या भने १७ हजार ३ सय ७२ जना रहेको छ। क्वारेन्टाइनमा सबैभन्दा थोरै बागमती प्रदेशमा २ सय ६१ जना रहेका छन् । बागमतीपछि गण्डकी प्रदेशमा ५ सय २८ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ९ सय १५ जना, प्रदेश नम्बर २ मा १ हजार २ सय ९० जना, प्रदेश नम्बर ५ मा ६ हजार ८ सय १२ जना, कर्णाली प्रदेशमा ३ हजार ८९ जना र सुदुरपश्चिम प्रदेशमा ३ हजार ४ सय ७७ जना क्वारेन्टाइनमा छन्।
१ सय ३३ जना आइसोलेशनमा रहेका पनि मन्त्रालयले जनाएको  छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: