
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा ४ वटा वायु प्रणालीको प्रभाव रहेको जनाएको छ । विभागले बिहान ६ बजे बुलेटिन जारि गर्दै हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव,स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जनाएको हो।
यसको कारण हाल देशको पश्चिमी भु-भागमा पूर्ण बदलि भई केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाकी भु-भागमा सामान्य बदली रहेको विभागले जनाएको छ।साथै विभागका अनुसार आगामी ३ दिनसम्म वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाढी पूर्वानुमान विभागले पनि आगामी ३ दिन सम्मै बर्षा हुने संभावना रहेकोले महाकाली,कर्णाली,पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा आगामी ३ दिन सम्मै बहाव समान्य बढ्ने जनाएको छ ।
यस्तो छ विभागले गरेको मौसम पूर्वानुमान ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्