Skip to content
LAXMI SUNRISE BANK

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा पुग्यो, उचाइ सार्वजनिक गर्ने तयारी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथाको उचाइ नाप्नको लागि चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको छ । सगरमाथा आरोहण गर्ने तिब्बततर्फको बाटोबाट बिहान चिनियाँ सर्भे टोली चुचुरोमा पुगेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
टोलीले यसअघि पनि विभिन्न चरणमा उचाइ मापनको काम गरिरहेको छ । नेपालले पनि अघिल्लो वर्ष सगरमाथाको शिखरसम्म पुगेर उचाइ नापेको थियो । विभिन्न ठाउँमा उचाइ नाप्ने यन्त्र जडान गरेर नापी विभागको टोली सगरमाथाको चुचुरोसम्म पुगेको थियो ।
अहिले मापनको तथ्याङ्क मिलाउने काम भइरहेको नापी विभागले बताएको छ । विभागले चिनियाँ पक्षले उचाइ नापिसकेपछि एकमुष्ट रुपमा उचाइ सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । सगरमाथाको उचाइ ८ हजार ८४८ रहेको छ । तर प्राकृतिक गतिविधिका कारण उचाइमा फेरबदल भएको हुन सक्ने वैज्ञानिकको अनुमान छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK