Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकको ‘रबैया’ : ग्राहकहरुलाई कोरोनाको जोखिममा राखेर हाकिमसा’पहरु घरमा मस्त-व्यस्त ! (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । के तपाईं मुक्तिनाथ बिकास बैंकको ग्राहक हुनुहुन्छ ? गाह्रो सारो परेर सोहि बैंकको मुख्य कार्यालय मा रहेको एटिएम प्रयोग त गर्दै हुनुहुन्न ? पर्खनुहोस्, अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटिएमबाट पैसा झिक्दा पनि पैसा नलाग्ने हुनाले सकेसम्म मुक्तिनाथ बिकास बैंकको मुख्य कार्यालयमा रहेको एटिएम बुथ प्रयोग नगरेकै राम्रो । किनकि सोहि भवनमा एक कोरोना संक्रमित पुगेको पुष्टी भएको छ भने बैंकको उक्त बुथमा सेनिटाइजरसमेत नराखिएको खुलासा भएको छ ।
मुक्तिनाथको चरम मनपरी !
भवनमा रहेको बैंकको एटिएममा सेनिटाईजरको व्यवास्था गरिएको छैन भने स्वास्थ सुरक्षाको कुनै व्यवस्था गरिएको देखिदैन । यसले घरमै बसेर काम गरिरहेका बैंकका हेड अफिसका कर्मचारीलाई त खासै फरक परेको छैन होला, तर एटिएममा आउने ग्राहकको स्वास्थ्यमा भने गम्भीर खेलबाड भएको छ । यसले एकातर्फ बैंकको लापरवाही छताछुल्ल बनाएको छ भने अर्को तर्फ बैंक आफ्ना ग्राहकको स्वास्थमाथि कतिसम्म जिम्मेवारहीन रहेछ भन्नेसमेत प्रमाणित गरिदिएको छ । उक्त भवनमा यतिसम्म लापरवाही भएको छ कि उक्त प्लाजामा सुक्षार्थ खटिएका सुरक्षा गार्ड मास्कसमेत नलगाई बसेका छन् । 
यसले उक्त प्लाजा वरपर जानेहरुलाई पनि कोरोना संक्रमणको त्रास देखिएको छ । महामारीका बेला आफ्ना ग्राहकहरुप्रति थप उत्तरदायी हुनुपर्ने बेलामा बैंकहरुले गरेको यस्तो लापरवाही क्षम्य हुन सक्दैन । नियामक नेपाल राष्ट्र बैंकले समेत यस विषयमा ध्यान दिन जरुरी छ । अहिलेको अवस्थामा जुनसुकै बैंक तथा वित्तीय संस्थाका एटिएमबाट पैसा झिक्दा पनि पैसा नलाग्ने हुनाले ग्राहकहरु पनि सकेसम्म यो शाखामा नगएकै बेश हुन्छ।
कमजोरी खुल्ने डरले मिडियाबाट भागेको भाग्यै छन् सूचना अधिकारी !
यता यस विषयमा बुझ्न खोज्दा बैंकका सूचना अधिकारी तिल बहादुर गुरुङ सम्पर्कमा नै आएका छैनन् । हामीले बिहीबार ४ पटक र शुक्रबार १ पटक गरी ५ पटक भिन्न भिन्न समयमा उनलाई यस विषयमा बैंकको धारणा माग्न फोन गर्दा पनि उनी फोन उठाउन मानिरहेका छैनन् । यसले पनि बैंक कतिसम्म जिम्मेवारहीन भइरहेको छ भन्ने पुष्टी गरेको छ ।   
मुक्तिनाथ बिकास बैंकको चरम लापरवाहीबारे अर्थ सरोकार बैंकिङ ब्युरोले तयार गरेको यो रिपोर्ट हेर्नुहोस् 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK