
काठमाडौं । दक्षिण कोरियामा क्वारेन्टाइनको नियमलाई पटक पटक उल्लङ्घन गरेपछि एक अदालतले एक युवकलाई चार महिनाको कैद सजाय सुनाएको छ । दक्षिण कोरियामा क्वारेन्टाइनको नियम उल्लङ्घन गरेकालाई सजाय दिइएको यो पहिलो पटक हो । मिस्टर किम नाम गरेका व्यक्ति क्वारेन्टाइनको अवधि पूरा हुनु दुई दिनअघि घरबाहिर निस्किँदै गर्दा पक्राउ गरिएको थियो । उनलाई एक केन्द्रमा लगिएको छ, जहाँबाट उनले भाग्ने कोसिस गरेका थिए ।
राजधानी सोलका कैयौँ नाइट क्लबमा कोरोना सङ्क्रमण देखिने क्रम बढेपछि दक्षिण कोरियाले क्वारेन्टाइनको नियमलाई उल्लङ्घन गर्नेविरुद्ध कडा नियम लागू गर्नेबारेमा पनि सोचिरहेको छ । दक्षिण कोरियामा अहिलेसम्म ११ हजार दुई सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई सय ७९ जनाको ज्यान गइसकेको छ । त्यस्तै १० हजार दुई सय ७५ जना उपचारपछि निको भएका छन् । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्