×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका बिरामीले नारायणी अस्पताल भरियो, ठाउँको अभाव भएपछि १६ संक्रमितलाई विद्यालयमा राखियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाका बिरामीले नारायणी अस्पताल भरियो, ठाउँको अभाव भएपछि १६ संक्रमितलाई विद्यालयमा राखियो

Artha Sarokar

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई उक्त स्थानको आइसोलेसन वार्डमा राखिएको हो ।  
 
अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो । संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरु घरमै बसेका थिए । बुधबार राति थपिएका ३ जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उनले बताए ।बुधबार राति थपिएका ३ जना वीरगञ्ज महानगरपालिका १६ इनर्वाका ७४ वर्षीय पुरुष, मुर्लीका १५ वर्षीय युवक र एक जना ३६ वर्षीया स्वास्थ्यकर्मी रहेका छन् । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न हुँदै थिइन् ।
प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले विद्यालयमा दुई सय बेडको सेमीआइसोलेसन वार्ड बनाउने निर्णय भएको थियो । नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ । नेपालभर भने कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी