
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । भारतले कोरोना भाइरसले पारेको प्रभाव कम गर्नका लागि २०० खर्ब अर्थात् २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्योकजको घोषणा गरेको छ । मंगलबार देशलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका हुन् । मोदीले भारतलाई आत्मनिर्भर बनाउने अभियानको लागि नयाँ प्रोत्साहन दिन उक्त प्याकेज ल्याइएको बताए।
यसैगरी, मोदीले लकडाउको चौँथो चरण पनि लागू गरिने तर नयाँ नियमहरु लागू गरिने बताएका छन् ।मोदीले सम्बोधनका क्रममा आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको बताए । भारतले ल्याएको राहत प्याकेजको रकम भारतको जीडीपीको आकारको १० प्रतिशत हो । नेपालका धेरै मन्त्रीले जे पनि भारतको सिको गर्ने गरेका छन् । यस विषयमा पनि सोचिदिए राम्रै हुने थियो नि ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्